ब्राउन सुगरसहित दुई महिला पक्राउ
बारा । बाराको जीतपुर सिमरा उप-महानगरपालिका-५ लल्का पुलबाट करिब ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई जना महिला पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा शनिबार दिउँसो ३:४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पथलैयातर्फ पैदल आउँदै गरेका शङ्कास्पद दुई महिलालाई रोकेर खानतलासी गर्दा एक जनाको साथबाट ७ पुरियामा राखिएको ४४ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने प्रभु मुखियाकी श्रीमती अन्दाजी ३५ वर्षीया सुशीला देवी र सोही कार्यमा संलग्न जिल्ला पर्सा, पोखरिया नगरपालिका-७ बस्ने अजय मुखियाकी श्रीमती अन्दाजी ३० वर्षीया पूजा देवी रहेका छन्। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण