मौलापुरकाे उदाहरणीय कार्य अन्य पालिकाले समेत लागु गर्न आवश्यक: प्रभु साह
आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन उद्घाटन
सारांश
- रौतहटको मौलापुर नगरपालिकामा नवनिर्मित स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरियो।
- पूर्वसांसद प्रभु साहले मौलापुरको शिक्षा, स्वास्थ्य र यातायातको प्रशंसा गर्दै अन्य पालिकाले पनि यस्तै सेवा दिनुपर्ने बताए।
- स्वास्थ्य केन्द्रबाट नागरिक लाभान्वित हुने र बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
रौतहट। रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ पिपरियामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन आज (शनिबार) उद्घाटन गरिएको छ ।
सुविधा सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका प्रभु साहले मौलापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गरेको उदाहरणिय कामको प्रशंसा गरे ।
‘मौलापुर नगरपालिकाले शासक होइन, सेवकको काम गरिरहेको छ । नगर प्रहरी होइन, नगर शिक्षक, स्वास्थ्यकर्मी राखेर जुन यहाँको जनतालाई सेवा दिइरहेको छ त्यो कार्य अन्य पालिकाले समेत कार्यान्वयन गर्नुपर्ने आवश्यक छ,’ पूर्वमन्त्री समेत रहेका साहले भने, जनताको मन जितेको मौलापुर नगरपालिकाले अगामी दिनमा पनि यस्तै सेवालाई निरन्तरता दिँदै जनताको आवश्यकता, चाहना अनुसार अगाडी बढोस्, मेरो शुभकामना छ ।’
मौलापुर नगरपालिकाले शून्य कर नीति, बिजुली, खानेपानी निःशुल्क एवं विद्यार्थीलाई दिँदै आएको विभिन्न सुविधा लगायतकाले मधेसमा मात्रै नभई नेपालमै एक चर्चित र उदाहरणीय नगरपालिकाको रूपमा स्थापित भएको छ । जनताको मन जितेर राम्रा काम गरिरहेकी मेयर रिना साह सहित त्यहाँका जनप्रतिनिधि लगायत सबैमा उनले धन्यवाद ज्ञापन गरे ।
मौलापुर नगरपालिकाद्वारा निर्मित सुविधा सम्पन्न भवन सहितको उक्त स्वास्थ्य केन्द्रबाट यस क्षेत्रको आम नागरिकले पुरै लाभान्वित हुने विश्वास समेत साहले व्यक्त गरे । साथै आउने दिनमा यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्ने उद्देश्यका साथ भव्य भवन निर्माण गरिएको समेत उनले बताए ।
२ करोड ५० लाखमा जग्गा सहित भव्यभवन निर्माण गरेर आउने दिनमा बर्थिङ सेन्टर समेत सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार अहिले यस सेवा केन्द्रबाट प्राथमिक सेवा प्रदान गर्ने काम भइरहेको छ ।
अहिले मौलापुर नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र २, स्वास्थ्य चौकी ३ र प्राथमिक स्वास्थ्य केन्द्र १ वटाबाट नगरबासीलाई स्वास्थ्य सेवा दिइरहेको छ । मौलापुर नगरपालिकाका मेयर रिना साहको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सर्वसाधारण लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण