कोलेनिकाको सेवा अब नयाँ भवनबाट
सारांश
- मनाङको चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ।
- नयाँ भवनबाट सेवा प्रवाह छरितो, सहज र पारदर्शी हुने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्न आह्वान गरियो।
- भवन निर्माण समयमै सम्पन्न गरेकोमा कोलेनिका र निर्माण कम्पनी दुवैलाई धन्यवाद दिइयो।
मनाङ । मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।
नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनबाट सेवा प्रवाहको प्रारम्भ गरे। उनले नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो, सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्नका निम्ति सम्पूर्णमा आह्वान गरे । उनले मनाङको समग्र आर्थिक व्यवस्थापन सुदृढीकरण र विकासका क्षेत्रमा नेपाल सरकार निरन्तर साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महालेखा नियन्त्रक पौडेलले भवन निर्माण समयमै सम्पन्न गरेकामा कोलेनिका र निर्माण कम्पनी दुवैलाई धन्यवाद व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनबाट सेवा प्रवाहले कार्यालयका कर्मचारीमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना थप्ने बताए । उनले कोलेनिका मनाङलाई उच्च मनोबलका साथ पारदर्शी र प्रभावकारी सेवामा समर्पित रहेर जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सबै सरकारी कार्यालय आफ्नै भवनबाट प्रवाह गर्न सहयोग तथा समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान परिवेशमा कर्मचारीमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै जनसेवामा पूर्ण समर्पित रहन निर्देशन दिए ।
कोष नियन्त्रक सुवास अधिकारीले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहमा सहज भएको बताए । उनले तालुक निकायको निर्देशन र सेवाग्राहीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले नयाँ भवनको प्रयोगले सेवाको गुणस्तर र पहुँचमा थप सुधार आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
-
सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाइएको सरकारी दाबी
-
चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण