ब्याजदर थप घट्यो, निक्षेपको औसत दर ५.०३ प्रतिशतमा झर्यो
सारांश
- अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्।
- लगानीको खडरी र तरलता सहज हुँदै गएका कारण बैंकहरूले ब्याजदर घटाएका हुन्।
- एनआईसी एसिया, हिमालयन बैंक र सिद्धार्थ बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएका छन्।
काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेनजी आन्दोलनपछि लगानीको खडरी देखिएको छ । जसका कारण बैंकहरुमा ११ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । यस्तो पृष्ठभूमिमा अर्थतन्त्रमा सुधार हुने नदेखेपछि बैंकहरुले निक्षेपको ब्याजदर कात्तिक महिनाको तुलनामा ब्याजदर थप घटाएको बताइएको छ।
वाणिज्य बैंकहरूले मंसिरका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२६ प्रतिशत बिन्दुले घटेको छ । २० वाणिज्य बैंकमध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका छन् । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ५.०३ प्रतिशतमा सीमित भएको छ ।
२० वटा वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर कात्तिकमा ५.२० प्रतिशत रहेकोमा मंसिरका लागि ५.०३ प्रतिशत तोकिएको छ । जुन ०.१७ प्रतिशत बिन्दुले कम हो।
बैंकहरूले कर्जाको माग कम भएको र बजारमा तरलता सहज हुँदै गएका कारण निक्षेपको लागत घटाउन थालेका छन् । मंसिर महिनाका लागि सबैभन्दा धेरै एनआईसी एसिया, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् । जसमा एनआईसी एसियाले ०.७५ प्रतिशतले घटाएको छ भने हिमालयन बैंक र सिद्धार्थ बैंकले ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।
एनआईसी एसिया बैंकले ०.७५ प्रतिशतले घटाउँदै ५.७५ प्रतिशतबाट मंसिर महिनाको लागि ५ प्रतिशतमा झारको छ । हिमालयनले आफ्नो दर ६.०० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेको छ भने सिद्धार्थ बैंकले ५.५० प्रतिशतबाट ५.०० प्रतिशतमा झारेको छ ।
त्यस्तै, धेरैजसो बैंकहरूले ०.१० देखि ०.३० प्रतिशतको दायरामा कटौती गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.३० प्रतिशतले घटाएर मंसिर महिनाको लागि ५.०० प्रतिशतबाट ४.७० प्रतिशत कायम गरेको छ । जुन मंसिर महिनाको व्यक्तिगत मुद्दती निक्षेपमा तोकिएको सबैभन्दा कम ब्याजदर हो।
यसैगरी, प्राइम बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकले समान रूपमा ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् । यसरी प्राइम र सिटिजन्सको दर ४.७५ प्रतिशतमा तथा कृषि विकास बैंकको ४.९५ रहेकोमा घटाएर ४.७० प्रतिशतमा झरेको छ ।
अन्य बैंकहरूले सामान्य प्रतिशतमा घटाएका छन् । नेपाल एसबिआई र नबिल बैंकले ०.२० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् भने सानिमा बैंकले समान रूपमा ०.१५ प्रतिशत बिन्दुले घटाएको छ । कुमारी बैंकले भने सबैभन्दा कम ५.०१ मा ०.१० प्रतिशतले घटाएर आफ्नो दर ४.९१ प्रतिशत कायम गरेको छ ।
ब्याजदर यथावत राख्ने बैंकहरू
९ वटा बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएका छन् । ग्लोबल आइएमई बैंकले ६.०० प्रतिशतको अधिकतम ब्याजदर कायम राखेको छ । जुन मंसिर महिनाको सबैभन्दा उच्च दर हो। यसबाहेक, राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत कायम राखेका छन् ।
त्यस्तै,नेपाल बैंक ५.२५ प्रतिशत, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज लगाउतसबैको ५.०० प्रतिशत र प्रभु बैंकको ५.२५ प्रतिशत मंसिरका लागि मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण