जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने २ जना पोखराबाट पक्राउ
आइतबार, ३० कात्तिक २०८२, १९ : ११
पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटपाट गर्ने २ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते भएको घटनामा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पोखरा ५ बस्ने ३१ वर्षिय श्यामबहादुर तामाङ र पोखरा २ बस्ने २२ वर्षका सागर राउतलाई आइतबार पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट १ राउण्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान काठको बटको भाग बरामद भएको छ ।
दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण