यस्तो छ ‘अभिमन्यु: च्याप्टर १’ को न्यु लुक्स
सारांश
- चलचित्र 'अभिमन्यु: च्याप्टर १' मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ जसमा कलाकारहरूको क्यारेक्टर लुक्स देख्न सकिन्छ।
- यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वभर प्रदर्शन हुनेछ।
काठमाडौं । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्म यो पटक नसर्ने बताइएको छ।
यसैक्रममा फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् ।
सबै कलाकार क्यारेक्टर लुक्समा छन् । कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रस्ट पारेका छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।
सुशान्त गौतमको निर्देशन रहेकाेमा फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण