निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र– कार्यस्थलबाटै मतदानको व्यवस्था गर
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले आगामी निर्वाचनमा श्रमिकलाई कार्यस्थलबाटै मतदान गर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै एनटीयूसीले यस्तो माग गरेको हो । संविधानको भावना, सर्वोच्च अदालतको फैसला र जेनजी आन्दोलनका मागको समेत मर्म रहेको भन्दै यसलाई लागु गराउन माग गरेको हो ।
११ वर्षअगाडि सर्वोच्च अदालतले कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो । वैदेशिक रोजगारीमा रहेका लाखौं श्रमिक तथा युवाहरूले मतदानमा भाग लिन नपाउँदा उनीहरूले पठाउने रेमिट्यान्सको सम्मान हुन नसकेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
महासङ्घको तर्फबाट अध्यक्ष योगेन्द्र कुँवर, पूर्व अध्यक्ष तथा सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेत, वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, उपाध्यक्ष गणेश केसी, महासचिव अजय कुमार राई, उपमहासचिवद्वय बलदेव तामाङ र सुशीला घिमिरे सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण