मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

नेपाली कम्युनिस्ट पार्टी दल दर्ता गर्न पुग्यो आयोग

सोमबार, ०१ मङ्सिर २०८२, १५ : ३२
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ।
  • सोमबार राजेन्द्र पाण्डेको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गराइएको हो।
  • तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

सोमबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ता गराएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल मिलेर कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो । आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय निर्धारण गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप