संगीत
‘बादलुको घुम्टो’ गाउँदै यम बरालले झुमाए गृहजिल्ला इलामलाई
सोमबार, ०१ मङ्सिर २०८२, १९ : ०५
काठमाडौं । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ आफ्नो सिग्नेचर गीत गाउँदै यम बराल शनिबार गृहजिल्ला इलामकै स्टेज उक्लिए ।
लाइभ ब्यान्डमा उनको एकल प्रस्तुतिमा पूरै इलाम नै झुमे झैं लाग्थ्यो । यम र दर्शकका लागि यो अवसर जुराइदिएको थियो- इलामको नामसालिङ माविको हीरक जयन्ती महोत्सवले ।
नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यमले निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहेपो मायाप्रीति, दिलमाया दिलमाया, सनम माया लाको, इलाम फिक्कलको लगायत लोकप्रिय गीत सुनाएर मन्त्रमुग्ध बनाए ।

आफ्नो गृहजिल्लामा लाइभ ब्यान्डसहितको प्रस्तुति दिन पाउँदा खुसी लागेको यमले रातोपाटीलाई बताए ।
कात्तिक २६ देखि २९ गतेसम्म भएको हीरक जयन्तीमा गायिका जुनु रिजालले प्रस्तुति दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण