बेलायतद्वारा अवैध आप्रवासी फिर्ता नलिने मुलुकहरूको भिसा रोक्ने घोषणा
सारांश
- बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति ल्याएको छ।
- अवैध आप्रवासन रोक्न अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भिसा रोक्ने निर्णय गरियो।
- भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको र आगामी वर्ष प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान छ।
काठमाडौँ। बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ। बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ।
पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ। यी देशहरूले आप्रवासी फिर्ता प्रक्रियामा सहयोग नगरेको र आवश्यक कागजात समयमै नपठाएको त्यहाँको गृहमन्त्रालयको आरोप छ।
अहिले युकेमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण, फिर्ता प्रक्रियामा चाँडो सुधार गर्न सरकार दबाब बढाइरहेको बताइएको छ ।
भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको आरोप छ, र आगामी वर्ष यस्तो प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ।
जुन २०२५ सम्मको एक वर्षमा ५,४७५ भारतीयले युकेमा आश्रय दाबी गरेका थिए, जसमा ३४६ जना साना डुङ्गाबाट अवैध रूपमा पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण