नेपाल प्रिमियर लिग
पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य
मङ्गलबार, ०२ मङ्सिर २०८२, १३ : २७
सारांश
- प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेल्दा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दियो।
- टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६६ रन बनायो।
- कर्णालीका लागि पवन शरार्फले २७ रन र म्याक्स ओ'डउडले २० रन बनाए।
काठमाडौँ । प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेल्दा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।
कर्णालीका लागि पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे ।
कर्णालीका लागि मार्क उडले १७ रन जोडे । चितवनका शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।
गत सिजन दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली यो सिजन जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यता इलिमिनेटरबाट आउट भएको चितवनको लक्ष्य पनि सोही हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण