कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताले भेटे प्रधानमन्त्री कार्कीलाई
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
सोमबार बिहान कांग्रेस नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको नेता गुरुराज घिमिरेले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा लागेको सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको घिमिरेले बताए ।
कांग्रेसमा अहिले महाधिवेशन कहिले गर्ने भन्ने बहस चलिरहेको छ । नियमित कि विशेष महाधिवेशन, कुन मितिमा गर्ने भन्ने विषयमा सहमति जुट्दा एक महिनाभन्दा लामो समयदेखि बसिरहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णीत छ । सोमबार प्रधानमन्त्रीलाई भेट्न गएका सबै नेता विशेष महाधिवेशन पक्षधर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण