शंकर पोखरेल भन्छन्– बङ्गलादेशमा नेपालमाजस्ताे आक्रमण भएन
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा नेपाल राज्यमाथि बङ्गलादेशमा भन्दा पनि खतरनाक आक्रमण भएको बताएका छन् ।
नेकपा एमाले विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको देशभरिको आक्रमण बङ्गलादेशमा भन्दा खतरनाक भएको बताएका हुन् ।
‘बङ्गलादेशमा पनि यो तह व्यक्ति, संस्था र राज्यकेन्द्रीत प्रहार भएको थिएन’, महासचिव पोखरेलले भने, ‘त्यो आक्रमणको उद्देश्य भविष्यमा यिनीहरू उठ्न नसकुन् भन्ने नै हो ।’ डीप स्टेटको उद्देश्य अनुसार नै उक्त आन्दोलनका नाममा विध्वंस मच्चाइएको पोखरेलको भनाइ छ ।
उनले हरेक चुनौतीले सम्भावना पनि ल्याउने भन्दै नयाँ सिराबाट आन्दोलनलाई सङ्गठित गरेर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए ।
‘हरेक चुनौतीले नयाँ सम्भावना लिएर आउँछ । अहिले हामी चुनौतीको अवस्थामा छौ । भदौ २४ पछि हामी सत्ताबाट सडकमा पुगेका छौ’, पोखरेलले भने, ‘तर यसलाई हामीले नयाँ सिराबाट आन्दोलनलाई सङ्गठित गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने दिशातर्फ बदल्नुपर्छ ।’
त्यसका लागि जनपरिचालन र पार्टीको एजेण्डा स्थापित गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले त्यसतर्फ केन्द्रित हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण