शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

राहदानी बनाइदिने भन्दै ठगी गर्ने ८ जना बिचौलिया पक्राउ

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ३३
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर सेवाग्राहीसँग रकम असुल्ने ८ जना बिचौलिया पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले छिटो राहदानी बनाइदिने भनी सेवाग्राहीलाई विश्वास दिलाएर अतिरिक्त रकम लिने, दुःख हैरानी दिने तथा विभागको काममा समेत अवरोध पुऱ्याउँदै आएका थिए।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले संजय आङ्देम्बे, ख्याम बहादुर श्रेष्ठ, प्रेम बहादुर लामा लगायत ८ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप