श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतीले रोजिन् यस्तो बाटो
छोरा जन्माउन पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले श्रीमानले अर्को विवाह गर्न नमानेपछि आत्महत्या गरेकी छन् ।
बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी ४३ बर्षिया श्रीमती गीता मल्लले झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
मल्ल हिजो साँझ श्रीमानसँगै खाना खाएर श्रीमानलाई बिस्तारा समेत लगार्इिदएर ‘तपाईं सुत्नुस् म टिभी हेर्छु’ भनी कोठाबाट बाहिरिएकी थिइन् । सधै टिभी हेरेपछि सुत्ने मल्लले हिजो भने अर्कै बाटो राजिन् । बिहान ३ बजे ब्युझेर श्रीमानले हेर्दा श्रीमतीलाई नदेखेपछी घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछि स्थानीयसँग हार गुहारगर्दै बोलाएका थिए । वडा अध्यक्ष कृष्ण केसीका अनुसार घटनालगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरिएको थियो ।
बुर्तिबाङ ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले मुचुल्का उठाई शब पोस्टमार्टमका लागि बुर्तिबाङ स्वाथ्य केन्द्रमा लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउँदै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गरेको बताइएको छ ।
उनीहरुको एक छोरी मात्र रहेको र उनको पनि केही समय पहिले गुल्मीमा बिहे भैसकेको थियो । गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरेपनि
श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण