सेतो भट्टमासको बिल देखाएर डेरी प्रोडक्ट अवैध ओसारपसार
सारांश
- राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको ट्रक ३४ लाख ६२ हजार धरौटीमा मुक्त भएको छ।
- ट्रकमा भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न सामग्रीहरू फेला परेका थिए।
- पूर्वाञ्चल करियर्सले नै जिम्मेवारी लिएर कानुन बमोजिम मालवस्तु र ट्रक छुटाएको हो।
विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार धरौटीमा मुक्त भएको छ।
चोरी पैठारी गरिएको मालवस्तु बोकेर झापाबाट काठमाडौँ हिँडेको करियर्सको उक्त गाडीलाई विशेष सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीले गत असोज ७ गते नियन्त्रणमा लिएको थियो । उक्त मालवाहक सवारीमा भारतमा उत्पादित डेरी मिल्क (१८ ग्राम) ३ हजार ८४० पिस, डेरी मिल्क (४० ग्रामको) १ हजार ४४० पिस, मिल्क डेरी मिल्क (१०५ ग्राम) ८ सय ८० पिस, मिक्सचर ग्राइन्डर १२० थान, नभुटेको काजु ४ सय केजी, नेस्ले एभ्रिडे पाउडर मिल्क ३ सय १५ केजी, गुडरिक चिया १२ सय ५४ केजी, साधारण भेष्ट ४ सय थान र उत्पादनको स्रोत नखुलेको सेतो केराउ १३ सय ८० केजी, कफी दाना नभुटेको १३ सय २० केजी मालवस्तु बिल बीजक बिना रहेको थियो।
उक्त मालवस्तुको वास्तविक धनी देखाउन नसके पछि पूर्वाञ्चल केरियर्सले नै जिम्मेवारी लिई कानुन बमोजिमको मालवस्तु र मालवाहक ट्रक छुटाएको हो। सेतो भटमास १५ सय केजीको बिल गाडीमा राखेको भए पनि उक्त मालवस्तु भने गाडीमा थिएन। स्रोत नखुलेका बिना बिल बीजकका मालवस्तु जफत गरी स्रोत खुलेका मालवस्तु र सवारी मात्र केरियर्सको जिम्मा लगाइएको कार्यालय स्रोतले जनाएको छ।
भारतसँग सीमा जोडिएका ठाउँहरुबाट चोरी पैठारी गरीतस्करहरुले ट्रान्सपोर्ट, यात्रुवाहक साधनहरूबाट लुकाई छिपाई काठमाडौँ लगायतका जिल्लाहरूमा मालवस्तु पठाउने क्रम बढे पछि निगरानी बढाइएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण