बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बेपत्ता भएको एक हप्तापछि भेटियो मञ्जुको शव

बुधबार, ०३ मङ्सिर २०८२, १२ : ३९
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • इटहरीकी ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सुनसरीको सर्दु जलाधारमा फेला परेको छ।
  • उनी कात्तिक २४ गतेदेखि हराइरहेकी थिइन् र उनको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
  • प्रहरीले घटना शंकास्पद रहेको जनाएको छ र थप अनुसन्धानका लागि शव पोस्टमार्टममा पठाइएको छ।

सुनसरी । गएको कात्तिक २४ गतेदेखि हराएकी सुनसरी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ ।

उनी कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएकी थिइन् । तर, निरौला घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएको थियो ।

कात्तिक २७ गते उनले लगाएको रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा फेला परेको थियो । 

पौडेलको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम क्षेत्रमा पर्छ । भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबिचको तालमेलले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप