प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको प्रश्न : नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूको भ्रमणमा अवरोध नगर्न आग्रह गरेका छन्।
- शर्माले सिमरा घटना दुःखद भएको र यसको दुरुपयोग भएको बताएका छन्।
- उनले चुनावको वातावरण बनाउन र संयमता अपनाउन जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् । बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कर्फ्युको विरोध गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका हुन् ।
‘सिमरा घटना दुःखद, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’ शर्माले फेसबुकमा लेखेका छन् ।
शर्माले एमाले चुनावको विपक्षमा उभिएको भएपछि चुनावमा आउन आग्रह गर्नुपर्ने उल्लेख गरेका छन् । आवेगका अभिव्यक्ति दिएमा संयम हुन आग्रह गर्नुपर्ने भएपनि आफ्ना कुरा राख्न हुने भ्रमण संविधान प्रदत्त अधिकार भएकाले रोक्न नमिल्ने शर्माले बताएका छन् ।
‘आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ । तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो,’ शर्माले लेखेका छन् ।
सिमरा घटना जेनजीको भाजना नभइ त्यसको दुरुपयोग भएको शर्माको भनाइ छ । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने कसैको भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ,’ शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण