मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ
सारांश
- काठमाडौं ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मकवानपुरका प्रशान्त खत्री, समिर रुम्बा र निमा रुम्बा रहेका छन्।
- प्रहरीले सवारीसाधन सुरक्षित पार्किङ गर्न र हराएमा तत्काल खबर गर्न आग्रह गरेको छ।
काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार खत्रीलाई काठमाडौँको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ‘ह्विल’ तथा ‘चेनलक’, ‘ह्यान्डिल’ र ‘डिस्कलक’, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनुरोध गरेको छ ।
कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण