सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा
बुधबार, ०३ मङ्सिर २०८२, १६ : ०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।
केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले बुधबार सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ’, रास्वपाले भनेको छ ।
बाराको परवानीपुरमा एमालेको कार्यक्रममा जान महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल र महेश बस्नेत लगायत नेताहरू सिमरा विमानस्थलमा जान रोक लगाउँदा झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण