कांग्रेस कार्यकर्ताद्वारा ‘नेपाली कांग्रेस सुधार अभियान यु–४०’ गठन
सारांश
- नेपाली कांग्रेसभित्र युवामुखी सुधारको माग गर्दै ४० वर्ष मुनिका युवाहरूले 'नेपाली कांग्रेस सुधार अभियान यु-४०' गठन गरे।
- उक्त अभियानले पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारको उद्देश्य राखेको छ।
- अभियानले पार्टीको केन्द्रीय समिति बैठक स्थगित भएकोमा असन्तुष्टि जनाउँदै आगामी निर्वाचनमा युवा सहभागिता सुनिश्चित गर्न माग गरेको छ।
काठमाडौँ । देशभर चलेको जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक चुनौतीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसभित्र युवामुखी सुधार आवश्यक भएको निष्कर्षसहित नेपाली कांग्रेसभित्रका ४० वर्ष मुनिका युवाहरूले ‘नेपाली कांग्रेस सुधार अभियान यु–४० ’ गठन गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालको सक्रियतामा पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाको पहुँच विस्तार र सङ्गठन सुधारको उद्देश्यसहित बुधबार ४० वर्षमुनिका १०१ युवाहरूको केन्द्रीय संयोजन समिति गठन गरिएको हो।
एक विज्ञप्ति जारी गर्दै अभियानले पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठकप्रति असन्तुष्टि जनाएको छ । उसले पार्टी सुधार, पारदर्शिता र जवाफदेहिताको मागलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएको छ ।
विज्ञप्तिमा कांग्रेसले तल्लो तहदेखि केन्द्रसम्म लोकतान्त्रिक मूल्यअनुसार निर्णय गर्न नसक्नु, समसामयिक चुनौतीअनुसार रूपान्तरणको मार्गमा अघि बढ्न हिचकिचाउनु र समयानुकूल नेतृत्व पुनर्गठनमा ढिलाइ हुनु दुःखद रहेको उल्लेख छ।
पार्टीभित्र आन्तरिक सुशासनलाई संस्थागत बनाउँदै आगामी सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेसको तर्फबाट ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न माग अभियानले राखेको छ।
साथै, हरेक उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन अनिवार्य गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध खबरदारी र लोकतन्त्र संरक्षणका लागि नयाँ बहस र पैरवी आवश्यक रहेको अभियानले बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण