बागमती प्रदेशः एक सचिवको पदस्थापन, २ जनाको सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले एक सचिवको पदस्थापना गरेको छ भने २ जना ११औँ तह (सचिव)को सरुवा गरेको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका एक सचिवको पदस्थापन गरेको हो भने प्रदेश सरकारका ११औँ तहका दुई कर्मचारीको सरुवा गरेको हो ।
संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडामा नारायण कुमार श्रेष्ठ र तालिम केन्द्र, भण्डारामा सुधीर श्रेष्ठलाई सरुवा गरिएको छ ।
बैठकले शिक्षा विकास निर्देशनालयको महानिर्देशक पदमा उपसचिव गोपाल कँडेललाई कायम मुकायम प्रमुखको जिम्मेवारी तोकेको छ । बैठकले मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११औँ तह (सचिव)मा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्ताविमा प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको छ भने बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सशस्त्र आवासीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण