अपडेट
सुदूरपश्चिमले काठमाण्डुलाई दियाे १४८ रनको लक्ष्य
बुधबार, ०३ मङ्सिर २०८२, १७ : ३९
काठमाडौँ । हर्मित सिंह चम्किँदा सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४७ रन बनायो ।
सुदूरपश्चिमका लागि हर्मितले ५३ रनको अर्धशतकीय पारी खेले । २० बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा आरिफ शेखले २५ रनको योगदान गरे । इशान पाण्डेले पनि ११ रनको योगदान गरे ।
काठमान्डुका लागि करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३० रन खर्चे । काठमान्डुका मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण