बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पश्चिमी युक्रेनमा रुसी आक्रमणमा मर्नेको सङ्ख्या कम्तीमा २० जना

बुधबार, ०३ मङ्सिर २०८२, १७ : ५५
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • टर्नोपिलमा रुसी ड्रोन र मिसाइल आक्रमणमा २० जनाको मृत्यु भएको छ, जसमा दुई बालबालिका पनि छन्।
  • यो आक्रमण २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता पश्चिमी युक्रेनमा गरिएको सबैभन्दा घातक आक्रमणमध्ये एक हो।
  • खार्किभमा भएको ड्रोन आक्रमणमा ३० भन्दा बढी घाइते भएका छन् र बिजुली आपूर्ति बन्द हुँदा धेरै क्षेत्र प्रभावित भएका छन्।

किभ । युक्रेनको पश्चिमी सहर टर्नोपिलमा रुसी ड्रोन र मिसाइल आक्रमणमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मंगलबार रातभर भएको यस आक्रमणमा  मिसाइलले दुई वटा आवासीय भवनमा लाग्दा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ ।

यो सन् २०२२ मा फेब्रुअरीमा रुसले युक्रेनसँग पूर्ण–स्तरको आक्रमण सुरु गरेयता पश्चिमी युक्रेनमा गरिएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताइएको छ । यसमा अन्य ६६ जना घाइते भएका छन् ।

घाइतेमा १६ जना बालबालिका पनि छन् । दुई अन्य पश्चिमी क्षेत्रहरू, ल्भिभ र इभानो–फ्रान्किभस्क पनि आक्रमणबाट  प्रभावित भएका थिए । 

उत्तरी सहर खार्किभका तीन जिल्लाहरूलाई निशाना ताकी ताकी हानिएको ड्रोन आक्रमणमा ३० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

अनलाइनमा पोस्ट गरिएका तस्बिरहरूमा भवनहरू र कारहरू जलेको देखिएका छन् । आक्रमणका कारण बिजुली आपूर्ति ठप्प हुँदा देशभरका धेरै क्षेत्रहरूलाई असर गरिरहेको युक्रेनको ऊर्जा मन्त्रालयले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप