दृश्य–अदृश्य शक्ति सरकार र दलहरूबिच मुठभेड होस् भन्ने चाहन्छन् : झाँक्री
सारांश
- एमाले नेतृ रामकुमारी झाँक्रीले सिमरामा भएको घटना दुःखद भएको बताइन्।
- उनले अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड चाहेको आरोप लगाइन्।
- झाँक्रीले संविधान र नागरिक हकको रक्षा गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले दृश्य–अदृश्य शक्तिहरूले सरकार र दलहरूबिच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबिच मुठभेड होस भन्ने चाहन्छन। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्।'
हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्– 'नेपालको कुनै पनि भूभागमा निर्बाध आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा सङ्गठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।'
'शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको उनले स्मरण गराएकी छिन् । हिजो जे भयो के ठिक भयो त ? यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन संवादबाट अगाडी बढोस्। सबै देशभक्त नेपालीहरू फेरी एक पटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको', उनले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण