राष्ट्रिय सभा निर्वाचन प्रयोजनाका लागि एमालेले गरायो दल दर्ता
सारांश
- एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको छ।
- बुधबार बेलुकासम्म एमालेसहित ६ वटा पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।
- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुनेछन्।
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ । बुधबार एमाले नेताहरु आयोग पुगेर दल दर्ता गरेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न अन्कनाएको एमालेले राष्ट्रिय सभा सदस्यका लागि भने दल दर्ता गराएको हो । बुधबार बेलुकासम्म राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसहित ६ वटा पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार एमालेसहित नेमकिपा, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्यका लागि दल दर्ता गराएका हुन् ।
ं५९ सदस्यीय राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट एक तिहाई सदस्य रिक्त हुदैछ । रिक्त हुनु एक महिना अघि नै ति पदमा निर्वाचन हुने व्यवस्था छ । राष्ट्रिय सभाका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख हुने व्यवस्था छ । उनीहरुको मत भार १९ र ५३ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण