बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो
सारांश
- चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्।
- प्रदेश सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएको किसानहरूको भनाइ छ।
- कृषि विकास कार्यालयका प्रमुखले व्यवसायीले सरकारले तोकेको मूल्यमा धान खरिद गर्नुपर्ने बताए।
चितवन । यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।
प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् ।
माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरूले प्रतिक्विन्टल मोटा धान रु दुई हजार ६०० र मध्यम धानको रु तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे ।
भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धान बेच्नु परेको गुनासो सुनाउँदै भने- ‘मोटा धान रु तीन हजार र मध्यम धान रु तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।’
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन् । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धान खेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण