जोहरान ममदानीले मागे डोनाल्ड ट्रम्पसँग भेटघाटको समय
सारांश
- नवनिर्वाचित मेयर जोहरान ममदानीले राष्ट्रपति ट्रम्पसँग भेट्ने समय मागेका छन्।
- ट्रम्पले ममदानीलाई भेट्न ओभल अफिसमा भेट्ने कुरा स्वीकारेका छन्, जसको विवरण पछि आउनेछ।
- मेयरको चुनावअघि ट्रम्पले ममदानीलाई भोट नदिन आग्रह गरेका थिए र निर्वाचित भए शहरको पैसा घट्ने चेतावनी दिएका थिए।
वासिङ्टन डीसी । न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटका लागि समय मागेका छन् । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ममदानीले आफूसँग भेटघाटका लागि अनुरोध गरेका बताएका हुन् ।
‘न्यूयोर्कका कम्युनिस्ट मेयर जोहरान ममदानीले भेट्नका लागि अनुरोध गरेका छन् । हामी यो कुरामा सहमत भएका छौँ कि यो भेटघाट शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा हुनेछ । थप विवरणहरू पछि दिइनेछ !’ ट्रम्पले लेखेका छन् ।
मेयरको चुनाव अघि ममदानीलाई मतदान नगर्न ट्रम्पले मतदाताहरूलाई अपिल गरेका थिए । न्यूयोर्कबासीले ममदानीलाई निर्वाचित गरे भने शहरले पाउँदै आएको पैसा घटाइदिने चेतावनी उनले दिएका थिए । मेयर पद जितेपछि आफ्नो भाषणमा ममदानीले क्यामेरामा हेर्दै ट्रम्पलाई चुनौती दिएका थिए ।
‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईँले देखिरहनुभएको छ, मसँग तपाईंको लागि चार शब्दहरू छन्– टर्न द भोल्यूम अप !’ भनेका थिए । ममदानीको विजयको भोलिपल्ट, ट्रम्पले मानिसहरू न्यूयोर्क छाडेर भाग्नेछन् भन्ने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण