बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रवि र छविको मुद्दा ३ नम्बर इजलासमा

बिहीबार, ०४ मङ्सिर २०८२, ११ : ०४
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा परेको छ।
  • अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न आदेश दिएको थियो, उनीहरू सहकारी ठगी र सङ्गठित अपराधमा थुनामा छन्।
  • बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेले बिगो रकम दाखिला गरे पनि रिहा गर्न अस्वीकार गरिएको थियो।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको छ । बिहीबार सो मुद्दा न्यायाधीश  मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको हो ।

गतहप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।

उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञमूर्ति ज्ञवालीले गोलाप्रथाबाट ३  नम्बर इजलासको टुङ्गो लागेको रातोपाटीलाई बताए । बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेपनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो । लामिछाने र जोशी अहिले सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप