विपद् प्रभावित क्षेत्रका लागि भारतद्वारा नेपाललाई १० बेलीब्रिज सहयोग
मकवानपुर । विपद् प्रभावित स्थानमा जडान गर्न भारत सरकारले नेपालका लागि १० बेली ब्रिज सहयोग उपलब्ध गराएको छ ।
बिहीबार एक समारोहमा भारत सरकारले अनुदानमा उपलब्ध गराउने १० वटा बेली ब्रिजमध्ये पहिलो ब्रिज नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा हेटौँडामा आयोजित एक विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त ब्रिज हस्तान्तरण गरेका हुन् ।
गत महिनाको बाढी र पहिरोले क्षति पुर्याएको भौतिक पूर्वाधार, विशेष गरी पूर्वी नेपालको कोशी प्रदेश र अन्य क्षेत्रमा अवरुद्ध सडक सञ्जाल पुनर्निर्माणका लागि उक्त सहयोग प्रदान गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारको अनुरोधमा भारतले गत वर्षजस्तै यस पटक पनि १० वटा बेली ब्रिज उपलब्ध गराएको हो ।
महानिर्देशक जैसीले यस वर्ष इलाम लगायतका क्षेत्रमा भारी वर्षाले पुर्याएको क्षतिपछि भारतले तत्काल प्राविधिक सहयोग र थप बेली ब्रिज उपलब्ध गराइएको उनले बताए ।
‘गत वर्षको भीषण बाढी र पहिरोपछि भारतले उपलब्ध गराएका १० वटा बेली ब्रिजहरू जडान गरेर सडक सञ्जाल सञ्चालन गरिएको थियो । प्राप्त बेली ब्रिज पनि हेवा खोला, बागमती नदी र लार्छा जस्ता महत्त्वपूर्ण स्थानमा जडान गरिनेछ । जसले अवरुद्ध यातायात सुचारु गर्न ठुलो मद्दत गर्नेछ,’ उनले भने ।
उनका अनुसार हस्तान्तरण गरिएका पुलहरू ७० मिटरभन्दा लामा, ४.२५ मिटर चौडा (एकल–लेन) र ३८ मेट्रिक टनसम्मको भार वहन गर्न सक्ने क्षमताका रहेका छन् । सो पुलहरू चाँडै विभिन्न स्थानमा जडान गरी सडक सञ्जाल पुनर्स्थापना गरिने उनले बताए ।
भारतले पुल निर्माण गर्ने कम्पनी ‘गार्डन रिच’ का इन्जिनियरहरूको टोली पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए ।
उक्त टोलीले नेपाली इन्जिनियरहरूलाई क्षमता विकास तथा तालिम प्रदान गरी पुल जडानमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण