५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बिहीबार, ०४ मङ्सिर २०८२, १४ : ४४
सारांश
- उदयपुरमा एक ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिकाका ५८ वर्षीय ज्ञानबहादुर राई रहेका छन्।
- जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
उदयपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटे मिलनटोल बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण