राष्ट्रिय तेक्वान्दो टिमलाई नगद सहित सम्मान
काठमाडौँ । कतारमा भइरहेको ५ औँ कतार तेक्वान्दो ओपन च्याम्पियनसिप (G–1) मा नेपालको प्रतिनिधित्व मैत्रीपूर्ण तेक्वान्दो खेलका लागी नेपालबाट कतार आइपुगेका राष्ट्रिय टिमलाई गैर आवासीय नेपाली सङ्घ कतारले नगद एक लाख पन्ध्र हजार र सम्मान पत्र सहित खादाले सम्मान गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष कृष्ण पन्तीको सभापतित्व र प्रमुख अतिथि पर्यटनदूत राजेन्द्र कुमार शर्मा (आरके) सहित दोहामा रहेका सङ्घसंस्था प्रमुख तथा प्रतिष्ठित व्यक्तिहरूले बुधबार साँझ दोहाको मुम्ताजा स्थित नेपाली रेस्टुरेन्टमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा खेलाडीसँग अन्तरक्रिया गरेका थिए ।
प्रमुख अतिथि पर्यटन दूत राजेन्द्र कुमार शर्माले झन्डै तीन लाख पचास हजार नेपालीहरूको कर्मभूमि कतारमा राष्ट्रको पहिचान बोकेर आएका विरंगनाहरुको स्वागत र सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । आफ्नै खर्चमा यहाँ कतार सम्म आएर देशको लागि गेम खेल्ने खेलाडीहरूलाई राज्यबाट उचित प्रबन्ध गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गरे । शर्माले खेलाडीहरूको मनोबल उच्च राख्न नगद एक लाख पन्ध्र हजार रुपैयाँ दिएका हुन् ।
खेलाडीको तर्फबाट प्रशिक्षिका सन्दिपा अमगाइले कतार बसाइ अवधिभर गैर आवासीय नेपाली सङ्घले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरेकी थिइन् । अन्य देशमा आफूहरू जाँदा खेलाडीहरू प्रति त्यहाँ बसोबासको गर्ने नेपालीहरूले देखाएको व्यवहार भन्दा कतारमा भिन्न रहेको बताइन् ।
सीमित स्रोतसाधनको बाबजुद पनि ममता रिजाल , सन्तोषी राई , इशा महतो र गिता कठायतले साउदी , मोरक्को र लेबलान जस्तो देशलाई हराउँदै क्वाटरफाइनल सम्म पुगेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी व्यक्त गरेकी थिइन ।
बिदाइ तथा सम्मान कार्यक्रमका सभापति कृष्ण पन्थीले यस्तो अवसर नेपालीहरूलाई आइरहने भएतापनी विभाजित समाजका कारण सङ्घको तर्फबाट गर्न सकिने थुप्रै कामहरू गर्न नसकिएको बताए ।
उनले खान बस्न, यातायात प्रबन्ध र सिम कार्ड लगायतका कामहरू भन्दा पनि खेलाडीहरूको सुरक्षा र खेलमा आप्रवासी नेपालीहरूको सहभागिता प्रति औँल्याउँदै भने– 'आगामी दिनमा खेलाडीहरूको सम्मान र राष्ट्र प्रति अझ प्रतिबद्ध भएर लाग्नेछौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण