धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
शुक्रबार, ०५ मङ्सिर २०८२, १० : २३
सारांश
- भोजपुरको सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ।
- यहाँ दर्शन गर्नाले रोग निको हुने र सुखशान्ति मिल्ने विश्वास छ ।
- विभिन्न चाडपर्वहरूमा यहाँ विशेष पूजाआजा हुने गर्छ।
भोजपुर । जिल्लाको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् ।
सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ ।
शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिरछन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण