थुनामा रहेका राजेश अहिराजको मुद्दा पेसीमा
सारांश
- मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणी अभियोगमा थुनामा छन् र मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
- उनले थुनामुक्तिका लागि निवेदन दिएका थिए, तर जिल्ला र उच्च अदालतले उनलाई थुनामा पठाउने आदेश सदर गरेका थिए।
- अहिराजविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् र उनलाई डिल्लीबजार कारागारमा राखिएको छ।
काठमाडौँ । जबरजस्ती करणी अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजको मुद्दा पेसीमा तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
उनले कात्तिक २३ मा थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन दिएका थिए । उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २०८२ भदौ १२ मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले साउन १४ मा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।
त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जिल्लाले थुनामा पठाएपछि अहिराज वेरितको निवेदन लिएर उच्च अदालत पुगेका थिए । उनी विरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण