सुदूरपश्चिमले पोखरालाई जितका लागि दियो १९४ रनकाे लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १९४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।
सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले ४३ बल खेल्दै ४ चौकाको सहयोगमा ४३ रन बनाए ।
क्रिस लिनले ३१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे । बलिङतर्फ पोखराका लागि जिम्मी निशमले दुई विकेट लिँदा आकाश चन्द र डान डाउथवेडले दुई–दुई विकेट लिए ।
आजको खेलमा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । यता पोखरा पहिलो जितको खोजीमा हुनेछ ।
पोखरा खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो ।
मंसिर १ गतेदेखि त्रिवि क्रिक्रेट मैदान कीर्तिपुरमा सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण