कास्कीमा जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
सारांश
- कास्कीमा जेनजी प्रदर्शनमा संलग्न ५३ जनामाथि आपराधिक मुद्दा दर्ता गरिएको छ।
- १४ जना धरौटीमा छुटेका छन् भने ३९ जनामाथि अनुसन्धान जारी छ।
- प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको पहिचान गर्न भिडियो सार्वजनिक गरेको छ।
कास्की । कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटलगायतका आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
किटानी जाहेरीका आधारमा हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
तीमध्ये १४ जना धरौटीमा छुटेका छन् र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो । आगजनी, तोडफोड र लुटपाटका घटनामा सरकारी निकायबाट २३ र निजीतर्फबाट आठवटा जाहेरी परेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
“सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा आगजनी र लुटपाट गर्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने काम भइरहेको छ”, उनले भने, “आपराधिक गतिविधिमा संलग्नको पहिचानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरिएको छ ।”
कास्की प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको हो ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैलाई आग्रह गरिएको उनको भनाइ छ ।
प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनमा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झन्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण