एमाले र जेनजी आमने–सामने हुँदा बाराका एसपी हेडक्वार्टर तानिए
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ । जिल्ला प्रहरी कार्यालय बारामा एसपी नरेन्द्र कुँवरलाई काज सरुवा गर्ने निर्णय गरिएको छ ।
बाराको एसपी परिवर्तन गर्ने निर्णय भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले पुष्टि गरे । नरेन्द्र कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।
जेनजी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले दुई जना वडा अध्यक्ष सहित केही आरोपीहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्धिन अन्सारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण