कुशल भुर्तेलले दोस्रो अर्धशतक हाने
शुक्रबार, ०५ मङ्सिर २०८२, २१ : ०५
सारांश
- कुशल भुर्तेलले नेपाल प्रिमियर लिगमा दोस्रो अर्धशतक बनाए ।
- उनले सुदूरपश्चिम रोयल्सविरुद्ध ५३ रन बनाए ।
- प्रतियोगितामा अन्य खेलाडीले पनि अर्धशतक हानेका छन् ।
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको नाममा दोस्रो अर्धशतक लेखिएको छ । उनले आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा ३२ बलमा ५३ रन बनाएर अर्धशतक पूरा गरेका हुन् ।
यसअघि उनले विराटनगर किङ्गसविरुद्ध पनि अर्धशतक हानेका थिए । यस्तै चितवन राइनोजका रवि बोपराले पनि जारी प्रतियोगितामा दुई अर्धशतक हाने । जारी प्रतियोगितामा हालसम्म आठ खेलाडीले अर्धशतक हानेका छन् ।
भुर्तेलसहित बोपरा, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्गसका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक हाने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण