शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
खेल जगत्

विश्वकप इतिहासकै सबैभन्दा दुखद घटना

एक गोल जसले खेलाडीको ज्यानै लियो
शनिबार, ०६ मङ्सिर २०८२, ०७ : ५४
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • सन् १९९४ को विश्वकपमा आत्मघाती गोल गरेपछि कोलम्बियाका फुटबल स्टार एस्कोबारको हत्या भयो।
  • एस्कोबारलाई समूह चरणबाट बाहिरिनुको दोषी ठहर्‍याइएको थियो, जसकारण उनलाई गोली हानी मारियो।
  • हत्या लागुऔषध तस्कर र फुटबलबीचको सम्बन्धको परिणाम थियो, जसले विश्वलाई स्तब्ध बनायो।

लगभग ३० वर्षअघि, एक लोकप्रिय कोलम्बियाली फुटबल स्टारको आफ्नै गृहनगरमा क्रुरतापूर्वक हत्या भयो– यो उनकै कथा हो। आन्द्रेस एस्कोबारको कथा फुटबल इतिहासकै सबैभन्दा दुखद घटनाहरूमध्ये एक हो। 

कोलम्बियाली राष्ट्रिय टोली र मेडेलिनको दिग्गज क्लब एट्लेटिको नेसियोनालका स्टार डिफेन्डर एस्कोबार, सन् १९९४ को विश्वकपपछि संयुक्त राज्य अमेरिकाबाट फर्किएको केही समयमै २७ वर्षको कलिलो उमेरमा आफ्नै देशमा गोली हानी मारिए।

एस्कोबारलाई उनको देश समूह चरणबाट बाहिरिनुको मुख्य दोषी ठहर्‍याइएको थियो। अमेरिकाविरुद्धको दोस्रो खेलमा बेहोरेको २–१ को हारको क्रममा पहिलो हाफमा उनले गरेको आत्मघाती गोलले दक्षिण अमेरिकी टोलीलाई प्रतियोगितामा अघि बढ्न असम्भव प्रायः बनाइदिएको थियो। 

उनीहरूले आफ्नो तेस्रो खेलमा स्विट्जरल्याण्डलाई पराजित त गरे, तर त्यो पर्याप्त भएन। प्रतियोगिताबाट बाहिरिएको एक हप्ताभन्दा कम समयमै, एस्कोबारलाई मेडेलिनको एउटा नाइट क्लब बाहिर गोली हानी मारियो। पछि हत्याराको रूपमा पक्राउ परेका र अपराध स्वीकार गर्ने व्यक्ति हम्बर्टो कास्ट्रो मुनोज थिए। उनी त्यस शहरका दुई कुख्यात लागूऔषध तस्करहरूका अंगरक्षक र चालक थिए। 

यो घटना कोलम्बियाली फुटबल र कोकिन व्यवसायबिचको खतरनाक टक्कर थियो। ती दुई संसारहरू एकअर्कामा नराम्ररी जेलिएका थिए, किनकि लागूऔषध कार्टेलहरू फुटबलमा भारी मात्रामा संलग्न थिए र खेलकुद भ्रष्टाचारले ग्रस्त थियो। एट्लेटिको नेसियोनाल क्लब समेत एक समय विश्व प्रसिद्ध लागूऔषध तस्कर पाब्लो एस्कोबारद्वारा वित्त पोषित थियो। लागुऔषध तस्कर र फुटबल बिचको यो मिश्रणले धेरैको ज्यान लियो, तर एस्कोबारको हत्याले विश्वलाई नै स्तब्ध बनायो। 

१८ वर्षको उमेर नपुग्दै एस्कोबार एट्लेटिको नेसियोनालमा आबद्ध भए, जहाँ उनका दाजु पहिले नै खेलिरहेका थिए। युवा खेलाडी भएकाले उनलाई डेब्यु गर्न केही समय लाग्यो र सुरुवाती लाइनअपमा नियमित स्थान बनाउन अझ संघर्ष गर्नुपर्‍यो। 

एस्कोबार मेडेलिनको एक मध्यम-वर्गीय परिवारमा जन्मेका र हुर्केका थिए। उनी स्कुलका फुटबल टोलीहरूमा एक प्रतिभाशाली खेलाडीको रूपमा उदाए र अन्ततः आफ्ना दाजु सान्टियागोलाई पछ्याउँदै पढाइभन्दा खेलकुदलाई प्राथमिकता दिएर व्यावसायिक फुटबलमा लागे। 

सुरुमा डिफेन्सिभ मिडफिल्डरको रूपमा खेलेका उनलाई प्रसिद्ध स्थानीय प्रशिक्षक कार्लोस पिसिस रेस्ट्रेपोले सेन्टर ब्याक ९रक्षापंक्ति० मा खेल्न राजी गराए, ताकि उनको उचाइ, हावामा बल नियन्त्रण गर्ने क्षमता र आत्मविश्वासको सही उपयोग होस्।

१८ वर्षको उमेर नपुग्दै एस्कोबार एट्लेटिको नेसियोनालमा आबद्ध भए, जहाँ उनका दाजु पहिले नै खेलिरहेका थिए। युवा खेलाडी भएकाले उनलाई डेब्यु गर्न केही समय लाग्यो र सुरुवाती लाइनअपमा नियमित स्थान बनाउन अझ संघर्ष गर्नुपर्‍यो। 

अन्ततः भाग्यले उनलाई साथ दियो । टोलीका नियमित डिफेन्डर फ्रान्सिस्को माटुराना सहायक प्रबन्धकसँगको विवादपछि हटाइिए। २० वर्ष पूरा हुनेबित्तिकै एस्कोबारले स्थायी रूपमा उनको स्थान लिने विश्वास जित्न सफल भए। 

3

त्यसपछि उनलाई थप अवसर मिल्यो । एट्लेटिकोका प्रशिक्षक माटुराना राष्ट्रिय टोलीका प्रबन्धक पनि थिए। सन् १९८८ को मार्चमा उनले क्यानडाविरुद्धको ३–० को जितमा एस्कोबारलाई कोलम्बियाको सिनियर टोलीबाट डेब्यु गराए। माटुरानाले तुरुन्तै उनलाई रेने हिगिटा र कार्लोस वाल्डेरामा जस्ता दिग्गजहरूसँगै नियमित खेलाडी बनाए। एस्कोबारलाई दक्षिण अमेरिकी राष्ट्रमा घर(घरमा परिचित नाम बन्न धेरै समय लागेन।

एस्कोबारको अनुभवको कमी र उनको युवावस्थाले कोलम्बियाली टोलीमा उनको उदयका क्रममा केही संशयहरू पनि उब्जाएको थियो, यद्यपि उनले क्यानडा, अमेरिका र स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे। सन् १९८८ मा वेम्बलीमा इङ्गल्याण्डविरुद्धको खेलले उनलाई साँच्चै चिनायो, जहाँ उनले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ब्रायन रोबसन, ग्यारी लिनेकर र जोन बार्नेस जस्ता खेलाडीहरूविरुद्धको त्यो प्रदर्शन लोभलाग्दो थियो।

आत्मघाती गोलपछि एस्कोबार निकै तनावमा थिए। साथीहरूले उनलाई अमेरिकामा नै केही समय बस्न सुझाव दिएका थिए, तर उनले ‘म कोलम्बिया जान चाहन्छु र आफ्ना मानिसहरूलाई अनुहार देखाउन चाहन्छु’ भन्दै स्वदेश फर्कने निर्णय गरे।

अर्को वर्ष एट्लेटिको नेसियोनाल र एस्कोबारका लागि ऐतिहासिक बन्यो। त्यतिबेला, कोलम्बियाली ‘ड्रग लर्ड’हरूले अहिलेका आधुनिक अर्बपतिहरूले जस्तै क्लबहरू नियन्त्रणमा लिएर चलाइरहेका थिए। पाब्लो एस्कोबारको मेडेलिन टोलीको क्रान्ति उत्कर्षमा थियो, जबकि कालि कार्टेलका नेता मिगुएल रोड्रिग्वेज ओरेजुएलाले अमेरिका डे कालि क्लब चलाइरहेका थिए। उनीहरूले प्रशिक्षण सुविधा र नयाँ खेलाडीहरूमा लगानी गरे, र प्रायः सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) का लागि वित्तीय अनियमितता गर्थे। 

खेलकुदमा भ्रष्टाचार यति बढेको थियो कि एक रेफ्रीको हत्यासमेत भयो। यद्यपि, मैदानभित्र एट्लेटिकोले राम्रो नतिजा निकाल्यो। सन् १९८९ मा आन्द्रेस एस्कोबारले टोलीलाई पहिलो पटक ‘कोपा लिबर्टाडोरेस’ जिताउन मद्दत गरे। उनले हरेक खेल खेले र डेपोर्टिभो क्विटोलाई हराउँदा निर्णायक गोल पनि गरे। फाइनल यात्रामा उनीहरूले ओलम्पियाविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारे। कुनै पनि कोलम्बियाली टोलीले यो उपाधि जितेको यो पहिलो पटक थियो।

सन् १९८९ को सफलतापछि, एस्कोबार युरोपतर्फ आकर्षित भए र स्विस टोली ‘यङ ब्वाइज’ मा आबद्ध भए। तर, त्यहाँ उनी जम्न सकेनन् र केही महिनामै स्वदेश फर्किए। सन् १९९१ मा कोलम्बियाली लिग जिते र सोही वर्ष कोपा अमेरिकामा राष्ट्रिय टोलीको महत्त्वपूर्ण हिस्सा बने। तर, पछि उनले घुँडाको गम्भीर चोटको सामना गर्नुपर्‍यो, जसले गर्दा सन् १९९३ को कोपा अमेरिका र विश्वकप छनोटका धेरै खेल गुमाए। 

यद्यपि, उनी सन् १९९४ को सुरुमा निको भएर टोलीमा फर्किए। कोलम्बिया विश्वकपको तयारीमा सात खेलको अपराजित यात्रामा थियो र टोलीमा ठूलो उत्साह थियो। तर, विश्वकपको पहिलो खेलमा रोमानियासँग ३–१ ले हारेपछि उनीहरूको मनोबल गिर्‍यो। दोस्रो चरणमा पुग्न अमेरिकालाई हराउनैपर्ने दबाब थियो।

एस्कोबारले सम्झाउन खोजे, त्यो गोल एक निर्दोष गल्ती थियो । तर तीमध्ये एकले बन्दुक निकाले र छ पटक गोली चलाए। भनिन्छ, हत्याराले प्रत्येक गोली चलाउँदा ‘गोल!’ भनेर चिच्याएको थियो। एस्कोबारको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

यद्यपि, अमेरिकाविरुद्धको खेलको पहिलो हाफमा त्यो दुखद क्षण आयो। जोन हार्केसको क्रस बल कोलम्बियाको बक्समा आयो। एस्कोबारले यसलाई रोक्न खुट्टा फैलाए, तर दुर्भाग्यवश बल आफ्नै पोस्टमा छिर्‍यो र गोल भयो। दोस्रो हाफमा अमेरिकाले अग्रता दोब्बर बनायो र कोलम्बिया २–१ ले पराजित भयो। अर्को खेलमा स्विट्जरल्याण्डलाई हराए पनि अघिल्लो हारका कारण उनीहरू प्रतियोगिताबाट बाहिरिए।

‘जीवन यहीँ अन्त्य हुँदैन,’ एस्कोबारले अमेरिकाविरुद्धको हारपछि पत्रकारहरूलाई भनेका थिए। उनले एक पत्रिकाका लागि लेख्दै भनेका थिए, ‘हामीले जितमा विनम्र हुनुपर्छ र हारमा झन् बढी... तर कृपया, आदर कायम राख्नुहोस्। छिट्टै भेटौला, किनकि जीवन यहीँ अन्त्य हुँदैन।’ 

आत्मघाती गोलपछि एस्कोबार निकै तनावमा थिए। साथीहरूले उनलाई अमेरिकामा नै केही समय बस्न सुझाव दिएका थिए, तर उनले ‘म कोलम्बिया जान चाहन्छु र आफ्ना मानिसहरूलाई अनुहार देखाउन चाहन्छु’ भन्दै स्वदेश फर्कने निर्णय गरे।

मेडेलिन फर्किएको केही दिनपछि, एस्कोबार साथीहरूसँग एउटा नाइट क्लबमा गए। त्यहाँ अर्को टेबलमा लागुऔषध तस्कर ग्यालोन दाजुभाइहरू थिए। उनीहरूले एस्कोबारलाई देख्नासाथ ‘आत्मघाती गोल, आन्द्रेस, आत्मघाती गोल’ भन्दै जिस्क्याउन थाले। एस्कोबारले उनीहरूसँग आदरको माग गरे र त्यहाँबाट बाहिरिए। तर, पार्किङमा पुग्दा तीन जनाले उनलाई घेरे। 

एस्कोबारले सम्झाउन खोजे, त्यो गोल एक निर्दोष गल्ती थियो । तर तीमध्ये एकले बन्दुक निकाले र छ पटक गोली चलाए। भनिन्छ, हत्याराले प्रत्येक गोली चलाउँदा ‘गोल!’ भनेर चिच्याएको थियो। एस्कोबारको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

यो खबरले विश्वलाई स्तब्ध बनायो। जोन हार्केस, जसको क्रसमा त्यो गोल भएको थियो, उनले पछि लेखे, ‘मलाई गहिरो पीडा महसुस भयो। तपाईं जवाफ खोज्ने प्रयास गर्नुहुन्छ, तर पाउनुहुन्न।’ 

कोलम्बियाका एक उत्कृष्ट डिफेन्डरको क्रुर हत्या भएको लगभग ३० वर्ष बितिसकेको छ। तर फुटबल जगतले अझै पनि यस्तो प्रिय र प्रशंसनीय व्यक्तिको यति निर्मम हत्या कसरी हुन सक्यो भनेर बुझ्न सकेको छैन।

प्रहरीले भोलिपल्टै हम्बर्टो कास्ट्रो मुनोजलाई पक्राउ गर्‍यो। उनले हत्या स्वीकार गरे । उनले ४३ वर्षको जेल सजाय पाए, तर राम्रो व्यवहारको कारण देखाउँदै ११ वर्षपछि नै रिहा गरियो। एस्कोबारका बुबाले भने, ‘मलाई लाग्छ कोलम्बियामा न्याय छैन। यो एउटा धोका हो।’

एस्कोबार किन मारिए भन्नेबारे धेरै अनुमानहरू छन्। कसैले यसलाई जुवामा ठुलो रकम हारेका लागूऔषध कारोबारीहरूको प्रतिशोध भनेका छन् भने कसैले यसलाई केवल आवेशमा भएको घटना मानेका छन्। यता, हत्यारालाई कम सजाय दिलाउन सरकारी अधिकारीहरूलाई घुस दिइएको एस्कोबारकी प्रेमिका पामेलाको आरोप छ ।

२७ वर्षको उमेरमा, आन्द्रेस एस्कोबारको अगाडि पूरा जीवन र करियर बाँकी थियो। उनी एसी मिलान जस्तो ठूलो क्लबमा जाने तयारीमा थिए। उनलाई ‘द जेन्टलम्यान’ (भद्र पुरुष) को उपनाम दिइएको थियो। 

2

उनका दाजु सान्टियागोले २५ वर्षपछि भने, ‘हामीले बाल्यकाल सँगै बितायौं, उनी मेरो भाइ मात्र होइन, असल साथी पनि थिए।’ 

एस्कोबारले सन् १९९४ मा विवाह गर्ने योजना बनाएका थिए। उनकी प्रेमिकाले भनिन्, ‘उहाँ मेरो श्रीमान् र मेरा छोराछोरीको पिता बन्नुहुने थियो, तर त्यस्तो हुन सकेन।’

कोलम्बियाका एक उत्कृष्ट डिफेन्डरको क्रुर हत्या भएको लगभग ३० वर्ष बितिसकेको छ। तर फुटबल जगतले अझै पनि यस्तो प्रिय र प्रशंसनीय व्यक्तिको यति निर्मम हत्या कसरी हुन सक्यो भनेर बुझ्न सकेको छैन।

गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप