बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले भन्यो– फागुन २१ को निर्वाचनमा सबै दलले भाग लिनुपर्छ

शनिबार, ०६ मङ्सिर २०८२, १६ : १४
शनिबार, ०६ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सबै दलले भाग लिनुपर्ने जनाएको छ।  

शनिबार बसेको केन्द्रीय समिति बैठकबाट निर्वाचनमा भाग लिने निर्णय गर्दै कांग्रेसले अन्य सबै राजनीतिक दलले पनि भाग लिनुपर्नेमा जोड दिएको हो । 

‘फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

धैर्य, संघर्ष र त्यागका माध्यमबाट जनताले स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी भएको समेत कांग्रेसको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप