‘एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ’
शनिबार, ०६ मङ्सिर २०८२, २२ : ४१
सारांश
- प्रतिस जिसीका अनुसार एनपिएलले नेपाली खेलाडीको स्तरवृद्धिमा सहयोग पुर्याउँछ ।
- जिसीले एनपिएललाई क्षमता प्रदर्शन गर्ने राम्रो प्लेटफर्मका रूपमा लिए ।
- आदिल आलमले पनि एनपिएलले खेलाडीको सीप विकासमा सहयोग गर्ने बताए।
काठमाडौँ । विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। आज सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपीएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताए ।
उनले भने, ‘एनपीएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि हो । यहाँ राम्रो प्रदर्शन गर्यो भने भोलि माथिल्लोस्तरको क्रिकेट पनि खेल्ने ढोका खुल्नेछन् ।’
यस्तै, काठमाडौँ गोर्खाजका अलराउन्डर आदिल आलमले पनि एनपीएलले खेलाडीको सीप वृद्धिमा सहयोग पुग्ने बताए । उनले एनपीएलले नेपाली खेलाडीलाई सबै हिसाबले सहयोग पुर्याएको बताए ।
विराटनगरले आज काठमाडौँलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण