जेनजीको कार्यक्रममा सहभागी हुन मन्त्रीहरूलाई निम्तो
काठमाडौँ । जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई मंसिर १२ मा माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।
उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, ऊर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् ।
सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिबद्धता झल्काउने उनीहरूको ठहर छ ।
कार्यक्रममा सरकारका सबै मन्त्रीहरूलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरुले बताए ।
२३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेको बताएका छन् । जेनजी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण