भियतनाममा बाढीमा परेर कम्तीमा ९० जनाको मृत्यु
सारांश
- भियतनाममा मुसलधारे वर्षा र पहिरोका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ, भने १२ जना बेपत्ता छन्।
- बाढी र पहिरोका कारण १ लाख ८६ हजार घरमा क्षति पुगेको छ र ३ लाखभन्दा बढी वस्तुभाउ बगाएको बताइएको छ।
- प्रधानमन्त्री फाम मिन्ह चिनले जी-ट्वेन्टी शिखर सम्मेलनबाटै भर्चुअल आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए।
हानोई । केही दिनयताको मुसलधारे वर्षा र पहिरोमा परेर भियतनाममा कम्तीमा ९० जनाको मृत्यु भएको छ । अरू १२ जना बेपत्ता रहेको बताइएको छ ।
देशभर बाढी र पहिरोका कारण १ लाख ८६ हजार घरमा क्षति पुगेको बताइएको छ । बाढी र पहिरोमा परेर ३ लाखभन्दा बढी वस्तुभाउ बगाएको भियतनामी सरकारले बताएको छ ।
अर्बौको क्षति भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन् । नोभेम्बर १६ यता बाढी र पहिरोका कारण पहाडी प्रान्त डाक लाक गम्भीर रूपमा प्रभावित भएको र यहाँ मात्रै ६० भन्दा बढीको मृत्यु भएको समाचार संस्था एएफपीले बताएको छ ।
कालमेगी र बुआलोई समुद्री आँधी एकपछि अर्को गर्दै भियतनाममा वितण्डा मच्चाएको केही समयपछि आएको मुसलधारे वर्षा र पहिरोले यतिबेला भियतनामलाई अस्तव्यस्त बनाएको छ । यी सबै हालैका महिनाहरूमा भियतनामले भोगेको विषम मौसमी घटना हुन् ।
आइतबार बिहान लगभग २ लाख ५८ हजार मानिस बिजुलीविहीन थिए । प्रमुख राजमार्ग र रेलमार्गका खण्डहरू पनि अवरुद्ध भएको अधिकारीहरूले भनेका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहयोग गर्न सैन्य र प्रहरी स्रोतहरू परिचालन गरिएको छ ।
दक्षिण र दक्षिण मध्य भियतनाममा रहेका पाँच प्रान्तहरू क्वाङ न्गाई, गिया लाइ, डाक लाक, खान होआ र लाम डोङमा सबैभन्दा गम्भीर प्रभाव देखिएको सरकारले बताएको छ । जी–ट्वेन्टीको शिखर सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री फाम मिन्ह चिनले आइतबार बिहान दक्षिण अफ्रिकाबाट भर्चुअल आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए ।
शुक्रबारसम्म धेरै क्षेत्रहरूमा वर्षा १ दशमलव ५ मिटर नाघेको थियो । केही क्षेत्रमा वर्षा सन् १९९३ यताकै उच्च स्तरमा उक्लिएको थियो । आगामी दिनहरूमा वर्षा कम हुने पूर्वानुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी घटनाहरूको बढी जोखिममा परेको वैज्ञानिकहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण