चार महिनामा सात खर्ब बराबरको वैदेशिक व्यापार, व्यापार घाटा पाँच खर्ब नाघ्यो
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ।
- निर्यात ७७.५१ प्रतिशतले बढेको छ भने आयातमा पनि १८.७१ प्रतिशतले वृद्धि भएको छ।
- व्यापार घाटा बढेर ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म) को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो ।
निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो ।
निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको छ । विभागका अनुसार चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा मुलुकको व्यापार घाटा ७१ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
चार महिनाको वैदेशिक व्यापारको तथ्यांक संक्षेपमाः
कुल वैदेशिक व्यापारः रु. ७ खर्ब २ अर्ब ९४ करोड
कुल आयातः रु. ६ खर्ब ९ अर्ब ४५ करोड (१८.७१% वृद्धि)
कुल निर्यातः रु. ९३ अर्ब ४९ करोड (७७.५१% वृद्धि)
व्यापार घाटाः रु. ५ खर्ब १५ अर्ब ९५ करोड (११.९९% वृद्धि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण