एनएसएलको विजेता र उपविजेता टिमले पुरस्कार पाउन ढिलाइ
सारांश
- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सकिए पनि विजेता टिमले अझै पुरस्कार रकम पाएका छैनन्।
- विजेता ललितपुरका टिम ओनरले पुरस्कार रकम नपाएको गुनासो गरे, विजेताले ७० लाख पाउने घोषणा थियो।
- आयोजकले आर्थिक समस्याका कारण पुरस्कार दिन ढिलाइ भएको र छिट्टै टिमलाई रकम दिने बताएका छन्।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विजेता तथा अन्य टोलीले अझै पुरस्कार रकम प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
प्रतियोगिताको दोस्रो संस्करणको विजेता टोली ललितपुरका टिम ओनर आलोक जङ्गले आफूहरूले अझैसम्म पुरस्कार रकम नपाएको बताए।
एनएसएल फुटबलको उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने घोषणा गरिएको थियो। यसैगरी, उपविजेताका लागि २० लाख रुपैयाँ नगद पुरस्कार तोकिएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने घोषणा गरिएको थियो भने शीर्ष गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उल्लेख थियो।
आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले भने विविध कारणले केही ढिलाइ हुन पुगेपनि अब छिट्टै टिमहरूलाई पुरस्कार दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण