निर्वाचनबारे मात्रै निर्णय गर्न किन सहमत भए गगन–विश्वप्रकाश ?
सारांश
- नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ।
- पार्टीभित्र महाधिवेशनको विषय भने छायामा परेको छ, तर नेताहरूले पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छन्।
- महामन्त्रीहरूले निर्वाचनमा जाने निर्णयमा सहमति जनाएका छन्, तर महाधिवेशनको मिति तय गर्न अझै विवाद छ।
काठमाडौँ । महाधिवेशनकै विवादमा रुमल्लिइरहेको नेपाली कांग्रेससले शनिबार भने पाँच वटा निर्णय गरेको छ । तर ती पाँच वटा निर्णयमा अझै पनि महाधिवेशनको विषय भने समेटिएको छैन ।
बैठकले पार्टी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय ग¥यो । त्यस्तै भदौ २३ र २४ गतेको आन्दोलनलगायत विषयमा पनि निर्णय भए । तर महाधिवेशनको विषय छायामा परेपछि धेरैले यसलाई चासोको रूपमा लिएका छन् ।
बैठक मंसिर ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।
शनिबारको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाविधेशनबारे किन निर्णय लिन सकेन त्यसबारे आफूलाई जानकारी नभएको पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालाले बताएका छन् । आइतबार बिहान संस्थापनपक्षीय सदस्यहरूसँग कोइरालाले त्यसबारे अनभिज्ञता देखाएका हुन् । भेटमा कोइरालाले नियमित महाधिवेशन पुस मसान्तसम्म सम्पन्न हुनुपर्छ भन्ने आफ्नो अडान यथावत् राखे ।
त्यो अडानबारे निर्णय गराउन उनी लागिरहेका उनीनिकट केन्द्रीय सदस्य आङगेलु शेर्पाले रातोपाटीलाई बताए ।
शनिबारको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनबारे मात्र निर्णय गर्न सहमत भएको बताइएको छ । थापा र शर्माले गत कात्तिक १९ गते ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसेको कार्यसम्पादन समिति बैठकमा महाधिवेशनको कार्यतालिकाको विवाद पछि टुंग्याउने र तत्काल निर्वाचनमा जाने निर्णय प्रस्ताव अस्वीकार गरेका थिए ।
उक्त बैठकमा थापा र शर्माले महाधिवेशन कार्यतालिका र निर्वाचनबारे एकैपटक निर्णय गर्नुपर्ने भन्दै एउटा मात्रै निर्णय गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि केन्द्रीय कार्यसमिति बैठकमा असोज ३० गते ‘निर्वाचनबारे निर्णय गरौँ’ भन्दा कुरा नमिलेर रोकिएको बताउँछन् । ‘तर, केही नेताहरूले सबै निर्णय एकैपटक गरौँ भनेपछि रोकिएको थियो,’ विश्वकर्माले रातोपाटीसँग भने ।
तर, शनिबारको बैठकमा उनै महामन्त्रीद्वय महाधिवेशनबारे निर्णय गर्ने विषय थाती राख्न र निर्वाचनमा जाने निर्णय गर्न तयार भए ।
पहिला अस्वीकार अहिले किन स्वीकार ? भन्ने प्रश्नमा महामन्त्री थापानिकट केन्द्रीय सदस्य प्रकाश स्नेही भन्छन्, ‘राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा पार्टी छ, त्यही भएर लचिलो बनेका हौँ ।’
रसाइलीले मंसिर ११ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको र त्यसबाट महाधिवेशन सम्बन्धमा निर्णय हुने पनि बताए । ‘अब विशेष महाधिवेशन निर्विकल्प भइसक्यो । नियमित महाधिवेशनको सम्भावना घट्दै गयो,’ उनले भने, ‘तथापि छलफल भने भइरहेको छ ।’
प्रतिनिधिसभाअघि महाधिवेशन गर्ने कि पछि भन्ने विवाद कांग्रेसभित्र छँदै छ ।
यस्तोमा महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्मको मिति प्रस्ताव गरेका छन् । थापाको प्रस्तावलाई इतर समूहले र यादवको प्रस्तावलाई संस्थापनले समर्थन गरेपछि कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बनेको हो ।
प्रचार विभाग प्रमुख विश्वकर्माले पनि पार्टीभित्र देखिएको महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विवाद टुंग्याउन समय लाग्ने र निर्वाचनका लागि निर्णय गर्नैपर्ने बाध्यता भएको बताएका छन् ।
विश्वकर्माले भने, ‘निर्वाचनमा जाने केन्द्रीय समितिबाट निर्णय गरेर दल दर्ता गर्नुपर्ने भएकाले पहिला निर्वाचनमा जाने र दल दर्ता गराउने निर्णय गरिएको हो ।’
११ गते बोलाइएको बैठकमा महाधिवेशनबारे छलफल गरी निर्णय हुने उनले पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण