आठमध्ये पाँच वटा युद्ध ट्यारिफको धम्की दिएर रोकेको ट्रम्पको दाबी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ युद्धमध्ये पाँच वटालाई ट्यारिफको धम्की दिएर रोकेको दाबी गरेका छन्।
- ट्रम्पले ट्यारिफ नीतिको सफलता र यसले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुगेको बताए।
- उनले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न ट्यारिफको धम्की दिएको दाबी गरे, तर भारतले पुष्टि गरेको छैन।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ठुलो दाबी गरेका छन् ।
आफूले आठ युद्धमध्ये पाँच वटालाई अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने धम्की दिएर रोकेको दाबी गरेका छन् । ट्यारिफका कारण अमेरिकाले विश्वभरका देशहरूबाट खर्बौँ डलर कमाइरहेको पनि उनले बताए । आफ्नो ट्यारिफ नीतिलाई सफल भएको र यसले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुगेकोमा उनले जोड दिएका छन् ।
उनले करको धम्की दिएर आठ युद्धमध्ये पाँच युद्ध सीधै रोकेको आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा सेयर गरिएको एक पोस्टमार्फत भनेका हुन् । ‘हामीले ट्यारिफको कारण विभिन्न देशहरूबाट कर र लगानीको रूपमा खर्बौँ डलर लिइरहेका छौँ । मैले ट्यारिफको धम्की दिएर आठ युद्धमध्ये पाँच युद्ध रोकेको छु, किनभने उनीहरूले लड्न बन्द गरेनन् भने उनीहरूलाई ट्यारिफ लाग्ने खतरा छ,’ ट्रम्पले पोस्टमा लेखेका छन् । यस वर्ष मेमा भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व रोक्न पनि ट्यारिफको धम्की दिएकाले भएको दाबी ट्रम्पले गरेका थिए ।
तर, पाकिस्तानसँगको युद्धविराममा ट्रम्पको भूमिकाको पुष्टि भारतले गरेको छैन ।
अमेरिकामा अहिले महँगी नभएको पनि ट्रम्पले आफ्नो पोस्टमा लेखेका थिए । उनका पूर्ववति जो बाइडेनको कार्यकालमा अमेरिकामा महँगी इतिहासकै सबैभन्दा खराब रहेको उनको दाबी थियो । सेयर बजार ९ महिनामा ४८औँ पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको पनि उनले पोस्टमा लेखेका छन् ।
अतिरिक्त भन्सार महसुलले अमेरिकी अर्थतन्त्रलाई मद्दत गरेको र अमेरिकालाई लुट्नेहरूलाई निशाना बनाएर यो लागु गरिएकोमा पनि उनले जोड दिए । अहिले अमेरिका सबैभन्दा धनी, बलियो र सम्मानित स्थितिमा भएको र यसको श्रेय राष्ट्रपतिका रूपमा आफू चुनिनु र ट्यारिफ भएको पनि उनले पोस्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण