४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात
सारांश
- चालु आर्थिक वर्षको चार महिनामा ६ खर्ब ९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
- गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात १८.७१ प्रतिशतले बढी हो।
- पेट्रोलियम पदार्थ, फलाम र खाने तेल आयातमा वृद्धि भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो ।
गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।
४ महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन् ।
५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु आयात भएको छ ।
२१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खाद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण