फागुनमा कोसी एक्सिलेन्स अवार्ड आयोजना हुने
सारांश
- कोसी एक्सिलेन्स अवार्ड आगामी फागुन ७ गते हुने भएको छ।
- अवार्डमा यस वर्ष अटोमोबाइल, सङ्गीत र पुँजीबजार विधा थपिएका छन्।
- कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान बढाउने विश्वास छ।
सुनसरी । आगामी फागुन ७ गते कोसी एक्सिलेन्स अवार्ड- २०२६ आयोजना हुने भएको छ । इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने अवार्ड सिजनको तयारी सुरु भएको नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र पुँजीबजार विधान पनि थप गरिएको उनले बताए । गतवर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र बिमालगायत विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्डका लागि निर्णायक समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी छन् । संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । अध्यक्ष अधिकारीले अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्द्धनमा योगदान गर्नेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण