एनपीएलः आज दुई खेल हुँदै
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत आज दुई खेलहरू हुँदैछन्।
- पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै छन्, जसमा जनकपुर जितको खोजीमा छ।
- दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्, खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। गत सिजनको विजेता जनकपुरका लागि यो दोस्रो खेल हो। पहिलो खेलमा काठमाण्डु गुर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर आज भने जित निकाल्दै पुनः लयमा फर्किने लक्ष्यमा छ।
यता उत्कृष्ट फर्ममा रहेको विराटनगर किङ्सले भने लगातार राम्रो प्रदर्शनलाई कायम राख्ने दाउमा हुनेछ। यो खेल बिहान ११ः ४५ देखि सुरु हुनेछ।
आजै दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै टोली प्रतियोगितामा प्रभाव जमाउने प्रयासमा छन्। दोस्रो खेल दिउँसो ४ बजेबाट सुरु हुने छ।
दुवै खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्।
मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा हालसम्म सम्पन्न आठ खेलपछि विराटनगर किङ्स २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने पोखरा एभेन्जर्स भने लगातार दुई खेल हार्दै अझैसम्म खाता खोल्न नसकी अन्तिममा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण